
काठमाडौँ, १९ वैशाख । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी०मा अर्की नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेकी छिन्। परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी०को छात्रावासमा मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहको विषयमा छानबिनका लागि कूटनीतिक पहल थालेको जानकारी दिएकी छिन्।
मन्त्री डा। राणाले घटना लगत्तै परराष्ट्र मन्त्रालयले भारत र ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित दूतावासमार्फत् घटनाको छानबिनका लागि कूटनीतिक पहल थालेको जानकारी दिएकी हुन्। परराष्ट्रमन्त्री डा। राणाले फेसबुकमा लेखेकी छन्, ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ।’
केआईआईटीमा पहिलो वर्षको दोस्रो सेमेष्टर अध्ययन गर्दै रहेकी वीरगञ्ज निवासी प्रिशा शाह बिहीबार साँझ ८ बजे कलेजको होस्टलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे