काठमाडौँ , २७ असोज | युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्तावमा नेपालले पक्षमा मतदान गरेको छ ।संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनको पक्षमा मतदान गरेका छन् ।
पाँच देशले विपक्षमा मतदान गरेका छन् । विपक्षमा मतदान गर्नेमा बेलारुस, उत्तर कोरिया, निकारागुवा, रुस र सिरिया रहेका छन् ।
यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए ।युक्रेनका चार वटा क्षेत्र आफूमा गाभ्ने रुसी निर्णयलाई अस्वीकार गर्नुका साथै उक्त निर्णय तत्काल बिना शर्त फिर्ता लिन पनि रुसलाई आग्रह गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे