
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले माघ १९ गते काठमाडौँमा आफ्नो ३२औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। साधारणसभाका अध्यक्ष बैंकका अध्यक्ष वेंकट वाम्सीधर कुञ्चाले शेयरधनीहरूलाई स्वागत गर्दै बैंकप्रति देखाउँदै आएको विश्वास, निरन्तर साथ र सहभागिताप्रति आभार व्यक्त गर्नुभयो। उहाँले बैंकको स्थायित्व, सुशासन र दीर्घकालीन विकासमा शेयरधनीहरूको भूमिकालाई महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
साधारणसभामा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले शेयरधनीहरूले उठाएका जिज्ञासाको उत्तर दिँदै बैंकका प्रमुख पहल, रणनीतिक योजना र वित्तीय कार्यसम्पादनबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो। उहाँले बैंकले जोखिम व्यवस्थापन, सेवा विस्तार र डिजिटल बैंकिङ सुदृढीकरणमा प्राथमिकता दिँदै आएको स्पष्ट पार्नुभयो।
सभामा सहभागी शेयरधनीहरूले बैंकको निरन्तर सकारात्मक कार्यसम्पादन कार्यदक्षता र पारदर्शितालाई सराहना गरेका थिए। साधारणसभाले बैंकको हालसम्मको प्रगति, भावी दिशा र शेयरधनीसँगको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे