
काठमाडौं, २३ चैत । सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजे देखि लागू हुनेगरी मूल्य बढाएको हो ।
निगम संचालक समितिको बैठकले राति १२ बजेदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मुल्य लिटरको ५ रुपैया र एलपि ग्याँसको मुल्य प्रति सिलिण्डर २५ रुपैया बढाएको हो ।
यो सँगै अब पेट्रोल प्रतिलिटर रु १६०, डिजेलको पनि खुद्रा मूल्य १६० (प्रतिलिटर) र मट्टीतेल १४३ रुपैयाँ कायम गरिएको छ । भने खाना पकाउने एलपी ग्याँसको प्रति सिलिण्डर १६ सय पर्नैछ ।
त्यस्तैगरी हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे