
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। मन्त्रालयमा भएको भेटमा नेपाल–इजरायल सम्बन्धका विविध आयामबारे छलफल गरिएको थियो।
भेटका क्रममा दुवै पक्षबीच स्वास्थ्य क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार, अनुभव आदानप्रदान तथा प्राविधिक सहकार्यका विषयमा विस्तृत छलफल भएको जनाइएको छ। विशेष गरी स्वास्थ्य सेवा सुदृढीकरण, प्रविधिको उपयोग र आपतकालीन अवस्थामा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयले प्राथमिकता पाएको थियो।
भेटवार्ताका अवसरमा इजरायलका राजदूतले विपद् व्यवस्थापनको प्रणालीगत विकासका लागि इजरायल सरकारले प्राविधिक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। दुवै पक्षले आपसी सहकार्यले नेपालको स्वास्थ्य प्रणाली थप सक्षम र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे