
काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले हाल कायम चुक्ता पुँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांशमा ११.२४ प्रतिशत बोनस सेयर र बाँकी ४.७६ प्रतिशत नगद हुने बैंकले जनाएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीको डिम्याट खातामा आउने छ ।
असोज १७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांशको निर्णय गरेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे