
काठमाडौं, जेठ २९ – नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज (जेठ २९) अन्तिम दिन हो। कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि जेठ ३० गते बुक क्लोज गर्ने निर्णय गरिसकेको छ। सो निर्णयअनुसार, आजसम्म कायम रहेका सेयरधनीहरू मात्र ४० प्रतिशत हकप्रद सेयरमा सहभागी हुन योग्य हुनेछन्।
नेपाल धितोपत्र बोर्डले गत जेठ ७ गते कम्पनीलाई हालको चुक्तापुँजीको १०:४ अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति दिएको थियो। सोअनुसार, कम्पनीले करिब ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउनेछ। हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार ३०० रुपैयाँ रहेकोमा, हकप्रद बिक्रीपछि पूँजी वृद्धि भएर २ अर्ब ५४ करोड ८५ लाख ७२ हजार ७६ रुपैयाँ पुग्नेछ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीका लागि तोकेको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गर्न नेपाल इन्स्योरेन्सले हकप्रदमार्फत पूँजी सुदृढीकरण गर्न लागेको हो।
कम्पनीको हकप्रद सेयर निष्कासनको व्यवस्थापन एनआईएमबी एस क्यापिटल लिमिटेडले गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे