• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र १०, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाको केन्द्रीय समितिको बैठक बिहीबार बस्दै

३८ मिनेट अघि
२

कपिलवस्तुमा तीन दिनको निषेधाज्ञा हटाइयो, स्थिति सामान्य

५१ मिनेट अघि
३

दमकमा बर्डफ्लु संक्रमण पुष्टि ,२५ हजार कुखुरा नष्ट गरिँदै

२ घण्टा अघि
४

कालंगा हाइड्रोको आईपीओ आजदेखि खुल्ला

२ घण्टा अघि
५

रास्वपा सरकार बनेको पहिलो दिनदेखि नै भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ:महावीर पुन

३ घण्टा अघि
६

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

३ घण्टा अघि
७

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

३ घण्टा अघि
८

विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुन्छ:चन्द्र भण्डारी

३ घण्टा अघि
९

कम्पनीको सम्पत्ति उपयोग र व्यवस्थापनमा समस्या

७ घण्टा अघि
१०

अर्जुननरसिंह केसीले ज्येष्ठ सदस्यको रूपमा चैत ११ गते शपथ लिने तयारी

२३ घण्टा अघि
११

नेपाल–हङकङ खेलको लागि राखेपले स्वीकृति दिएको छैन:एन्फा

१ दिन अघि
१२

ट्रम्पको ४८ घण्टे अल्टिमेटमपछि होर्मुज सधैंका लागि बन्द गरिदिने इरानको चेतावनी

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ चैत्र १५, मंगलबार (३ साल अघि)

गृहमन्त्रीले पाएको सूचना जस्तै के ‘शक्तिकेन्द्र’ कम्युनिस्ट मिलाउन सक्रिय छन् ?

Home Minister

  • 3,225 Views
  • काठमाडौं, १४ चैत । नेपालको तीन दिने भ्रमण सकेर चिनियाँ राज्यपरिषद् सदस्य एवम् विदेशमन्त्री वाङ यी स्वेदश फर्किएको भोलिपल्ट गृहमन्त्री समेत रहका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले शक्तिकेन्द्रहरूले कम्युनिस्टहरूलाई मिलाउन खोजिरहेको सूचना प्राप्त भएको बताएका छन् ।

    नेपाल भ्रमणमा रहँदा विदेशमन्त्री यीले खाणको आशंकालाई बल पुर्‍याउने भेटवार्ता गरेका थिए । उनले नेपालका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षहरुसँग भेटवार्ता गरेका थिए । एमालेबाट फुटेर बनेको अर्को वामपन्थी पार्टी एकीकृत समाजवादीसँग भने यीले भेटवार्ता गरेनन् ।

    नेकपामा नेताहरुबीच चर्को बिवाद परिरहँदा पनि चीनले फुटबाट जोगाउन सक्रियता जनाएको थियो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले धेरै पटक नेकपाका तत्कालीन अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेता माधव कुमारसँग भेटवार्ता गरेर एकीकृत कम्युनिस्ट पार्टीको पक्षमा चीन रहेको सन्देश दिएको समाचारहरु सार्वजनिक भएका थिए । यद्दपी नेकपाको एकतालाई अदालतले भंग गरिदिएको थियो ।

    जसका कारण सत्ताको नेतृत्व कांग्रेसको हातमा पुग्यो । चीनले भारत र अमेरिकाको पक्षमा लाग्ने ठानेको कांग्रस पुन: निर्वाचनमार्फत सत्तामा पुग्ने आकलनका बीच चिनियाँ विदेशमन्त्रीले दुई पार्टीलाई मिल्न आग्रह गरेको समाचारहरु बाहिरिएका छन् तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन । यसबारे नेताहरुले कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

    तर, देशका गृहमन्त्रीले पाएको सूचनालाई नजरअन्दाज भने गर्न मिल्दैन । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचनमा कम्युनिस्टहरुलाई एक हुन नदिन पनि कांग्रेसले गठबन्धन गर्नु पर्ने तर्क सार्दै शक्तिकेन्द्रको ‘त्रास’ केन्द्रीय नेताहरुलाई देखाएका छन् ।

    बैठकमा उनले भनेका थिए ‘शक्ति केन्द्रहरुले कम्युनिस्टहरुलाई मिलाउन खोजिरहेको सूचना छ । गठबन्धनबारे हामीले सचेत भएर कदम चाल्नुपर्छ । चुनावको नतिजा आफ्नो पक्षमा बनाउने गरी तयारी गरौं । अहिले झगडा गर्नुपर्ने आवश्यक छैन ।’

    त्यस्तै आशय उपसभापति धनराज गुरुङले बैठकमा व्यक्त गरेका थिए । उनले नेपालका कम्युनिस्ट नेताहरु उत्तरतिर गइरहेकोले वाम पार्टीहरुबीच गठबन्धन हुन सक्ने आशंका व्यक्त गरे ।

    एमालेका उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको चार सदस्यीय प्रतिनिधिमण्डल चीनको चारदिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएको थियो । चीनको कुन्मिङमा आयोजित एक कार्यक्रममा सहभागी हुन उक्त टोली चीन गएको बताइएको थियो । त्यस्तै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि केही समय अघि उपचारका क्रममा रहँदा चिनियाँ नेताहरुसँगको बाक्लो भेटवार्ता गरेका थिए । त्यसप्रति लक्षित गर्दै गुरुङले नेपाली कम्युनिस्ट नेताहरु उत्तरतिर गएको विषयलाई नजिकबाट नियाल्नुपर्ने बताएका थिए । उनले उत्तर तिर गइरहेका कम्युनिस्ट नेता मिले चुनावी अवस्था कस्तो होला भन्दै प्रश्न गरेका थिए ।

    केही समय अघि स्थानीय तहको चुनाव नजिकिँदै गर्दा वाम गठबन्धन बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्षमाथि दबाव रहेको उक्त पार्टीका नेता हरिबोल गजुरेलले बताएको बीबीसी नेपालीले उल्लेख गरेको थियो । तर उनले कसले र कस्तो खालको दबाब भन्नेबारे भने खुलाएका थिएनन् ।

    कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत वामपन्थी पार्टीहरु मिल्न सक्ने खतरा औंल्याउने गरेका छन् । उनले कांग्रेस नेताहरुसँग गत निर्वाचनमा जस्तै अप्रत्याशित रुपमा कम्युनिस्टहरु मिल्न सक्ने खतरा देखाइरहेका छन् र त्यसलाई रोक्नलागि भए पनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको गठबन्धनलाई चुनावसम्म निरन्तरता दिनु पर्ने पक्षमा उनी छन् ।

    करिब तीन वर्ष एकै पार्टी भएको र फुटेर जाँदा वामपन्थी पार्टीको शक्ति निकै कमजोर हुने भएकाले एकै विचारका लागि तीन फरक पार्टी नचाहिने बहस भइरहेको बेला कम्युनिस्ट पार्टीहरुबीच गठबन्धन हुन सक्ने सम्भावनालाई पूर्ण रुपमा वेवास्ता गर्न देउवापक्ष तयार देखिएको छैन ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रास्वपाको केन्द्रीय समितिको बैठक बिहीबार बस्दै
    ३८ मिनेट अघि

  • २

    कपिलवस्तुमा तीन दिनको निषेधाज्ञा हटाइयो, स्थिति सामान्य
    ५१ मिनेट अघि

  • ३

    दमकमा बर्डफ्लु संक्रमण पुष्टि ,२५ हजार कुखुरा नष्ट गरिँदै
    २ घण्टा अघि

  • ४

    कालंगा हाइड्रोको आईपीओ आजदेखि खुल्ला
    २ घण्टा अघि

  • ५

    रास्वपा सरकार बनेको पहिलो दिनदेखि नै भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ:महावीर पुन
    ३ घण्टा अघि

  • ६

    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
    ३ घण्टा अघि

  • ७

    कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु
    ३ घण्टा अघि

  • ८

    विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुन्छ:चन्द्र भण्डारी
    ३ घण्टा अघि

  • ९

    कम्पनीको सम्पत्ति उपयोग र व्यवस्थापनमा समस्या
    ७ घण्टा अघि

  • १०

    अर्जुननरसिंह केसीले ज्येष्ठ सदस्यको रूपमा चैत ११ गते शपथ लिने तयारी
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अध्ययन र नीति निर्माणमा तथ्य र प्रमाण प्रयोग गर्न सांसदलाई स्वर्णिम वाग्लेको सुझाव

    नेपाल नक्सा
    २

    बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस

    नेपाल नक्सा
    ३

    नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण

    नेपाल नक्सा
    ४

    शहरी विकास मन्त्रालय वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी, अर्बौँ रुपैयाँ फ्रिज

    नेपाल नक्सा
    ५

    नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवः पूर्वाधार र दीर्घकालीन लगानीमा जोड

    नेपाल नक्सा
    ६

    ईदका अवसरमा चैत ७ ,शनिवार सार्वजनिक बिदा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution