
काठमाडौं – उपदान तथा अवकाश कोषको व्यावसायिक, सुरक्षित र पारदर्शी व्यवस्थापनका लागि नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारीले कोषअन्तर्गत सञ्चित रकमको व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
सम्झदारी पत्रमा नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. इन्द्र कुमार कट्टेलले हस्ताक्षर गर्नुभएको हो। हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सम्झदारीअनुसार बैंकले उपदान तथा अवकाश कोषको रकमको बैंकिङ व्यवस्थापन, सुरक्षित कारोबार तथा अभिलेखीकरणमा सहकार्य गर्नेछ। यस सहकार्यबाट कोषमा आबद्ध कर्मचारीहरूको अवकाशपछिको वित्तीय सुरक्षा हुनेछ।
दुवै पक्षले कोष व्यवस्थापनमा व्यावसायिकता, पारदर्शिता र विश्वास अभिवृद्धि हुने जनाउँदै भविष्यमा सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे