
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले तिनकुनेमा भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीहरूले प्रयोग गरेको बल प्रयोगप्रति असन्तोष व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेसका नेता गगन थापा र विश्व प्रकाश शर्मालाई सम्बोधन गर्दै, उनीहरूद्वारा आयोजित आमसभामा यस्तै प्रकृतिको सामग्री प्रयोग भएको भए उनीहरूको प्रतिक्रिया कस्तो हुने थियो भन्ने प्रश्न उठाएका छन्।
उनका अनुसार, तिनकुनेस्थित एकदिने प्रदर्शनमा सुरक्षाकर्मीहरूले ६० राउन्ड गोली (२ राउन्ड पेस्तोलबाट), ७४६ राउन्ड अश्रुग्यास, १९२ राउन्ड ब्ल्यांक राउन्ड, २३९ पटक कार्टिज (छर्रा) प्रहार, २० जनामाथि गोली प्रहार गरेका थिए, जसमा २ जनाको मृत्यु भएको थियो।
शाहीले नागरिक अगुवा, मानव अधिकारकर्मी, र समाजसेवीहरूमाथि पनि कटाक्ष गर्दै उनीहरूले डलरमुखी दृष्टिकोण राखेको आरोप लगाएका छन्। साथै, तिनकुने घटनामा प्रयोग भएका सुरक्षात्मक उपायहरू उनीहरूलाई देख्न पाए कस्तो प्रतिक्रिया आउने थियो भन्ने प्रश्न गरेका छन्।
उनले हत्यालाई हल्का रूपमा नलिन सचेत गराउँदै सबैको पालो आउने चेतावनीसमेत दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे