
काठमाडौँ, कात्तिक २७ । गण्डकी प्रदेशका सांसद राजिब गुरूङ ९दीपक मनाङे० पक्राउ परेका छन्।प्रहरीले उनलाई काठमाडौंबाट मंगलबार पक्राउ गरेको हो। केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा निजलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो ।
मनाङेको समूहले २०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए। उक्त घटनालाई लिएर अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो। सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पनि पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङे दोषी ठहर भएका हुन्। २०७९ मा मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा उनी मनाङबाट स्वतन्त्र उम्मेदवारी दिई विजयी भएका थिए। गण्डकी प्रदेशसभा सदस्य रहेका मनाङेपटक–पटक मन्त्री बनि सकेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे