
काठमाडौँ ,२ मंसिर | नेपाल र युएईबीच जारी एकदिवसीय क्रिकेट खेलमा सट्टेबाजी गरेको आशङ्कामा २० जनाभन्दा बढी दर्शकलाई नियन्त्रणमा लिएको छ ।शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले काठमाडौं त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानबाटै उनीहरुलाई पक्राउ गरेको हो ।
नेपालको कानुनले खेलमा कुनै पनि किसिमको सट्टेबाजीलाई वैध मान्दैन । दर्शक दीर्घामा बसेर सट्टेबाजीले बेटिङ गरेको सीआईबीको अनुमान छ ।पक्राउ पर्नेको साथबाट मोबाइल र नगद बरामद भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे