
काठमाडौँ , माघ २५ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि फागुन ४ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले जारी पुँजी ८० करोड २५ लाखको ३४ प्रतिशत शेयरमध्ये दुई लाख ७२ हजार आठ सय ५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण गरिसकेको छ ।
एक लाख ३६ हजार चार सय २५ कित्ता सामूहिक लगानी कोषलाई वितरण गरिसकेको छ ।
बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन पाउने छन् ।
शेयरमा लगानीकर्ताले फागुन १० सम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे फागुन १८ सम्म आवेदन दिन सक्नेछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे