
काठमाडौँ । साउन १२ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ मा जंगल छेउको एकान्त घरमा बस्दै आएका उर्मिला हायु र उनका परिवारका १६ जना एक्कासि सम्पर्कविहीन भएपछि जिल्ला प्रशासन र सुरक्षा निकायले खोजतलास सुरु गरेका थिए। परिवारका सबै सदस्य कहिले घरबाट बाहिरिए भन्ने स्पष्ट नभए पनि खोजी कार्य दिनरात चलाइयो।
सुरक्षा टोलीलाई साउन ६ गते सामाजिक सुरक्षाभत्ता बैंकबाट झिकेको र ९ गते वडा कार्यालयमा गएर भत्ता नवीकरण गरेको थाहा भयो। त्यस्तै, साउन ११ गते साँझ ७:२८ मा रामेछाप टावरबाट मोबाइल सम्पर्क भएको पत्ता लाग्यो। छोरो भर्खर विदेशबाट फर्किएको, भत्ता बुझेको, र घरमा सुँगुरको मासु फेला परेकोले रमाइलो गर्न कतै गएका हुनसक्ने अनुमान गरियो।
स्थानीय बलेनीबाट गाडी रिजर्भ गरी हायु परिवार सिन्धुली, हेटौँडा, मुग्लिन हुँदै पोखरा पुगेको पत्ता लागेपछि प्रहरीले जननी होटलमा फेला पारेको हो। परिवारका सबै सदस्य अहिले प्रहरी सम्पर्कमा छन्।
बिना जानकारी बाख्रा र कुकुर छाडेर घर छोडेको, साथै उर्मिला हायूका श्रीमान् पनि अघिल्लो वर्ष बेपत्ता भेटिएको पृष्ठभूमिका कारण घटना थप चासोको विषय बनेको थियो। सम्पर्कविहीन १६ सदस्यमध्ये आठ जना १६ वर्ष मुनिका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे