• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २४, बुधबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा

११ घण्टा अघि
२

नबिल बैंक र त्रिवि व्यवस्थापनबीच नबिल एसएसई नवीकरण सम्झौता

१४ घण्टा अघि
३

अष्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

१५ घण्टा अघि
४

रूपन्देही–३ बाट बालकृष्ण खाँणको नाम सिफारिस

१५ घण्टा अघि
५

सार्क बडापत्रको ४० वर्ष: सहकार्य र क्षेत्रीय एकताको सन्देश

१६ घण्टा अघि
६

काठमाडौं-४ बाट गगन थापाको नाम सिफारिस

१६ घण्टा अघि
७

बर्खास्ती गैरकानुनी ठहर: शाक्यको पक्षमा सर्वोच्च अदालतको फैसला,पुनः प्राधिकरणको नेतृत्वमा फर्किए

१६ घण्टा अघि
८

१५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

१६ घण्टा अघि
९

सडक स्तरोन्नतिको मागमा आन्दोलन, तातोपानी भन्सारको व्यापार ठप्प

१६ घण्टा अघि
१०

एनपिएल इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सको निर्णायक भिडन्त

१९ घण्टा अघि
११

आजदेखि पुस १ सम्म नागढुंगा–नौबिसे सडक दैनिक पाँच घन्टा बन्द

१९ घण्टा अघि
१२

भ्रष्टाचारविरुद्ध सरकारले कडा कदम चाल्छ:प्रधानमन्त्री कार्की 

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०८१ फागुन २०, मंगलबार (९ महिना अघि)

मितव्ययी खर्च र प्रभावकारी सार्वजनिक सेवा प्रवाहका लागि अर्थ मन्त्रालयको निर्देशन

Ministry

  • 2,806 Views
  • काठमाडौं, २०८१ फागुन १९ – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा प्रक्रियालाई प्रभावकारी बनाउन सबै विषयगत मन्त्रालयलाई मार्गदर्शन पठाएको छ। बजेट स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै मन्त्रालयले सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न निर्देशन दिएको छ।

    मार्गदर्शनअनुसार, मन्त्रालयले मितव्ययी खर्च, प्राथमिकताका आयोजना छनोट, दोहोरोपन हटाउने तथा कार्यान्वयनयोग्य योजना मात्र समावेश गर्न आग्रह गरेको छ। नयाँ योजना प्रस्ताव गर्दा पर्याप्त तयारी र लागत-लाभ विश्लेषण आवश्यक पर्ने तथा हाल सञ्चालनमा रहेका आयोजनाहरूको समयमै सम्पन्न गर्न पर्याप्त बजेट सुनिश्चित गर्नुपर्ने प्रावधान समेटिएको छ।

    राष्ट्रिय गौरवका आयोजना तथा उच्च प्राथमिकताका परियोजनालाई प्राथमिकता दिइने र स्रोतको उपलब्धिमूलक उपयोग सुनिश्चित गर्न स–साना आयोजनामा स्रोत छर्ने प्रवृत्तिलाई निरुत्साहित गरिने अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई यथार्थपरक, कार्यान्वयनयोग्य र नतिजामुखी बनाउन खर्चको दक्षता अभिवृद्धि गर्ने गरी कार्यक्रम तथा आयोजना मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबिआईएस)मा आगामी चैत १५ गतेभित्र प्रविष्ट गर्न निर्देशन दिएको छ।

    राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षका लागि रु १९ खर्ब ६५ अर्बको सीमाभित्र बजेट तयार पार्न सरकारलाई सिफारिस गरेको छ। सोही सीमाभित्र रही वार्षिक कार्यक्रम तथा बजेट प्रस्ताव गर्नुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ। साथै, कार्यान्वयनका क्रममा रकमान्तर तथा कार्यक्रम संशोधनको आवश्यकता नपर्ने गरी यथार्थपरक बजेट प्रस्ताव गर्नुपर्ने उल्लेख छ।

    विनियोजन दक्षता कायम राख्न आयोजनाको उद्देश्यसँग प्रत्यक्ष सम्बन्धित गतिविधिमा मात्र बजेट प्रस्ताव गर्नुपर्ने तथा दीर्घकालीन दायित्व सिर्जना गर्ने क्रियाकलाप समावेश गर्न नपाइने मन्त्रालयले जनाएको छ। चालु खर्चमा मितव्ययिता अपनाउँदै अनिवार्य दायित्वका शीर्षकमा थप निकासा माग्न नपर्ने गरी पर्याप्त बजेट प्रस्ताव गर्नुपर्नेछ।

    त्यस्तै, एकै प्रकृतिका क्रियाकलाप विभिन्न उपशीर्षक तथा कार्यक्रममा समावेश हुँदै आएको अवस्थालाई व्यवस्थित गरी एकीकृत ढंगले अघि बढाउनुपर्ने मार्गदर्शनमा उल्लेख छ। नयाँ आयोजना तथा कार्यक्रम प्रस्ताव गर्दा पूर्वतयारी पूरा भएका तथा लागत-लाभ विश्लेषणबाट कार्यान्वयनयोग्य देखिएका गुणस्तरीय आयोजनालाई मात्र समावेश गर्नुपर्ने निर्देशन दिइएको छ।

    सीमित स्रोतको उपलब्धिमूलक उपयोग गर्न स–साना आयोजनामा स्रोत छर्ने प्रवृत्ति निरुत्साहित गरिनेछ भने कार्यान्वयन हुन नसक्ने तथा कम प्राथमिकताका आयोजना स्थगन गरी प्रभावकारी आयोजनालाई मात्र प्रस्ताव गर्ने व्यवस्था मिलाउनुपर्नेछ। यसका लागि आयोजनाहरू राष्ट्रिय योजना आयोगको आयोजना बैंकमा प्रविष्ट भएका हुनुपर्ने प्रावधान राखिएको छ। अध्ययन पूरा नभएका आयोजनाको बजेट भने अध्ययन तथा तयारी कार्यका लागि मात्र विनियोजन गरिनेछ।

    मार्गदर्शनअनुसार, स्रोत सुनिश्चित नगरी नयाँ आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न नपाइनेछ। दोहोरोपन हटाउन अन्तरतह तथा अन्तरमन्त्रालयीय समन्वय आवश्यक पर्ने मन्त्रालयले जनाएको छ। विपद् पछिको पुनःनिर्माण कार्यलाई प्राथमिकता दिँदै बजेट विनियोजन गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा समेटिएको छ।

    स्रोत सहमति प्राप्त आयोजना तथा कार्यक्रमका लागि मात्र आगामी आर्थिक वर्षमा सिर्जित दायित्व भुक्तानी गर्न पुग्ने बजेट छुट्याइनेछ। प्राथमिकताको आधारमा कार्यान्वयन निरन्तरता दिनुपर्ने आयोजनाहरूलाई समेत पुनः प्राथमिकीकरण गरी स्रोत व्यवस्थापन गरिने जनाइएको छ।

    ससर्त अनुदानका आयोजनाहरूलाई पुनः प्राथमिकीकरण गरी गुणस्तरीय आयोजनालाई मात्र निरन्तरता दिने नीति अवलम्बन गरिनेछ। तयारी पूरा नभएका तथा लगानी विधि सुनिश्चित नभएका नयाँ आयोजना प्रस्ताव गर्न नपाइने प्रावधानसमेत समेटिएको छ।

    समपूरक तथा विशेष अनुदानका आयोजनाका लागि सिर्जित दायित्व भुक्तानी गर्न पुग्ने रकम प्रस्ताव गरी बाँकी बजेट मात्र नयाँ आयोजना प्रस्ताव गर्न सकिने व्यवस्था गरिएको छ। सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउन चालु खर्च कटौती गर्दै मात्र बजेट विनियोजन गरिने मन्त्रालयले स्पष्ट पारेको छ। सफ्टवेयर खरिद तथा परामर्श सेवामा मात्र नभई फर्निचर, फिक्सचर तथा सजावट शीर्षकमा समेत अनावश्यक खर्च कटौती गर्ने नीति मार्गदर्शनमा समावेश गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा
    ११ घण्टा अघि

  • २

    नबिल बैंक र त्रिवि व्यवस्थापनबीच नबिल एसएसई नवीकरण सम्झौता
    १४ घण्टा अघि

  • ३

    अष्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
    १५ घण्टा अघि

  • ४

    रूपन्देही–३ बाट बालकृष्ण खाँणको नाम सिफारिस
    १५ घण्टा अघि

  • ५

    सार्क बडापत्रको ४० वर्ष: सहकार्य र क्षेत्रीय एकताको सन्देश
    १६ घण्टा अघि

  • ६

    काठमाडौं-४ बाट गगन थापाको नाम सिफारिस
    १६ घण्टा अघि

  • ७

    बर्खास्ती गैरकानुनी ठहर: शाक्यको पक्षमा सर्वोच्च अदालतको फैसला,पुनः प्राधिकरणको नेतृत्वमा फर्किए
    १६ घण्टा अघि

  • ८

    १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
    १६ घण्टा अघि

  • ९

    सडक स्तरोन्नतिको मागमा आन्दोलन, तातोपानी भन्सारको व्यापार ठप्प
    १६ घण्टा अघि

  • १०

    एनपिएल इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सको निर्णायक भिडन्त
    १९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    सीआईबीद्वारा गुण एयरलाइन्स सञ्चालक शाक्य नियन्त्रणमा: प्रभु बैंकलाई नोक्सानी आरोप

    नेपाल नक्सा
    २

    फ्रान्सका राष्ट्रपति चीनमा :युक्रेन युद्धविराम मुख्य एजेन्डा

    नेपाल नक्सा
    ३

    सहकारी मुद्दा: १ लाखसम्मका साना बचतकर्तालाई फिर्ता गर्ने कार्यविधि तयार

    नेपाल नक्सा
    ४

    सरकारी वकीलको कार्यभार ३०६.८९ बाट ९०४.८४ पुग्दा व्यवस्थापन चुनौती

    नेपाल नक्सा
    ५

    जेनजी आन्दोलनपछि देउवा–ओलीबीच पहिलोपटक अनौपचारिक भेटवार्ता

    नेपाल नक्सा
    ६

    नयाँ राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य:सुमना श्रेष्ठ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution