• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र ७, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ईदका अवसरमा चैत ७ ,शनिवार सार्वजनिक बिदा

१४ घण्टा अघि
२

सामाजिक उत्तरदायित्व अन्तर्गत हब इन्टरनेशनल एजुकेसनको रक्तदान कार्यक्रम आयोजना हुने

२0 घण्टा अघि
३

शपथअघि आवश्यक कागजात ल्याउन सांसदलाई निर्देशन,मातृभाषामा शपथका लागि विशेष व्यवस्था

२0 घण्टा अघि
४

महानगर र प्रसुति तथा स्त्री रोग अस्पतालमाबीच फोहर व्यवस्थापन सम्झौता

२१ घण्टा अघि
५

शहरी विकास मन्त्रालय वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी, अर्बौँ रुपैयाँ फ्रिज

१ दिन अघि
६

कर छलीविरुद्ध नेपाल अन्तर्राष्ट्रिय मञ्चमा आबद्ध

१ दिन अघि
७

कांग्रेसमा संकट गहिरिँदै, सभापति पदबाट थापा बाहिरिए

१ दिन अघि
८

नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड काम नगरी ब्याजमै चलेको कम्पनी, उद्देश्य कागजमै सीमित

२ दिन अघि
९

बैंकिङ कसुरमा प्रभु बैंकका विभाग प्रमुख पक्राउ

२ दिन अघि
१०

उपत्यकामा ४३ हजारभन्दा बढी ग्याँस सिलिण्डर वितरण

२ दिन अघि
११

बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस

२ दिन अघि
१२

नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवः पूर्वाधार र दीर्घकालीन लगानीमा जोड

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
प्रकाशित मिति: २०८१ फागुन २०, मंगलबार (१ साल अघि)

मितव्ययी खर्च र प्रभावकारी सार्वजनिक सेवा प्रवाहका लागि अर्थ मन्त्रालयको निर्देशन

Ministry

  • 4,093 Views
  • काठमाडौं, २०८१ फागुन १९ – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा प्रक्रियालाई प्रभावकारी बनाउन सबै विषयगत मन्त्रालयलाई मार्गदर्शन पठाएको छ। बजेट स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै मन्त्रालयले सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न निर्देशन दिएको छ।

    मार्गदर्शनअनुसार, मन्त्रालयले मितव्ययी खर्च, प्राथमिकताका आयोजना छनोट, दोहोरोपन हटाउने तथा कार्यान्वयनयोग्य योजना मात्र समावेश गर्न आग्रह गरेको छ। नयाँ योजना प्रस्ताव गर्दा पर्याप्त तयारी र लागत-लाभ विश्लेषण आवश्यक पर्ने तथा हाल सञ्चालनमा रहेका आयोजनाहरूको समयमै सम्पन्न गर्न पर्याप्त बजेट सुनिश्चित गर्नुपर्ने प्रावधान समेटिएको छ।

    राष्ट्रिय गौरवका आयोजना तथा उच्च प्राथमिकताका परियोजनालाई प्राथमिकता दिइने र स्रोतको उपलब्धिमूलक उपयोग सुनिश्चित गर्न स–साना आयोजनामा स्रोत छर्ने प्रवृत्तिलाई निरुत्साहित गरिने अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई यथार्थपरक, कार्यान्वयनयोग्य र नतिजामुखी बनाउन खर्चको दक्षता अभिवृद्धि गर्ने गरी कार्यक्रम तथा आयोजना मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबिआईएस)मा आगामी चैत १५ गतेभित्र प्रविष्ट गर्न निर्देशन दिएको छ।

    राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षका लागि रु १९ खर्ब ६५ अर्बको सीमाभित्र बजेट तयार पार्न सरकारलाई सिफारिस गरेको छ। सोही सीमाभित्र रही वार्षिक कार्यक्रम तथा बजेट प्रस्ताव गर्नुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ। साथै, कार्यान्वयनका क्रममा रकमान्तर तथा कार्यक्रम संशोधनको आवश्यकता नपर्ने गरी यथार्थपरक बजेट प्रस्ताव गर्नुपर्ने उल्लेख छ।

    विनियोजन दक्षता कायम राख्न आयोजनाको उद्देश्यसँग प्रत्यक्ष सम्बन्धित गतिविधिमा मात्र बजेट प्रस्ताव गर्नुपर्ने तथा दीर्घकालीन दायित्व सिर्जना गर्ने क्रियाकलाप समावेश गर्न नपाइने मन्त्रालयले जनाएको छ। चालु खर्चमा मितव्ययिता अपनाउँदै अनिवार्य दायित्वका शीर्षकमा थप निकासा माग्न नपर्ने गरी पर्याप्त बजेट प्रस्ताव गर्नुपर्नेछ।

    त्यस्तै, एकै प्रकृतिका क्रियाकलाप विभिन्न उपशीर्षक तथा कार्यक्रममा समावेश हुँदै आएको अवस्थालाई व्यवस्थित गरी एकीकृत ढंगले अघि बढाउनुपर्ने मार्गदर्शनमा उल्लेख छ। नयाँ आयोजना तथा कार्यक्रम प्रस्ताव गर्दा पूर्वतयारी पूरा भएका तथा लागत-लाभ विश्लेषणबाट कार्यान्वयनयोग्य देखिएका गुणस्तरीय आयोजनालाई मात्र समावेश गर्नुपर्ने निर्देशन दिइएको छ।

    सीमित स्रोतको उपलब्धिमूलक उपयोग गर्न स–साना आयोजनामा स्रोत छर्ने प्रवृत्ति निरुत्साहित गरिनेछ भने कार्यान्वयन हुन नसक्ने तथा कम प्राथमिकताका आयोजना स्थगन गरी प्रभावकारी आयोजनालाई मात्र प्रस्ताव गर्ने व्यवस्था मिलाउनुपर्नेछ। यसका लागि आयोजनाहरू राष्ट्रिय योजना आयोगको आयोजना बैंकमा प्रविष्ट भएका हुनुपर्ने प्रावधान राखिएको छ। अध्ययन पूरा नभएका आयोजनाको बजेट भने अध्ययन तथा तयारी कार्यका लागि मात्र विनियोजन गरिनेछ।

    मार्गदर्शनअनुसार, स्रोत सुनिश्चित नगरी नयाँ आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न नपाइनेछ। दोहोरोपन हटाउन अन्तरतह तथा अन्तरमन्त्रालयीय समन्वय आवश्यक पर्ने मन्त्रालयले जनाएको छ। विपद् पछिको पुनःनिर्माण कार्यलाई प्राथमिकता दिँदै बजेट विनियोजन गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा समेटिएको छ।

    स्रोत सहमति प्राप्त आयोजना तथा कार्यक्रमका लागि मात्र आगामी आर्थिक वर्षमा सिर्जित दायित्व भुक्तानी गर्न पुग्ने बजेट छुट्याइनेछ। प्राथमिकताको आधारमा कार्यान्वयन निरन्तरता दिनुपर्ने आयोजनाहरूलाई समेत पुनः प्राथमिकीकरण गरी स्रोत व्यवस्थापन गरिने जनाइएको छ।

    ससर्त अनुदानका आयोजनाहरूलाई पुनः प्राथमिकीकरण गरी गुणस्तरीय आयोजनालाई मात्र निरन्तरता दिने नीति अवलम्बन गरिनेछ। तयारी पूरा नभएका तथा लगानी विधि सुनिश्चित नभएका नयाँ आयोजना प्रस्ताव गर्न नपाइने प्रावधानसमेत समेटिएको छ।

    समपूरक तथा विशेष अनुदानका आयोजनाका लागि सिर्जित दायित्व भुक्तानी गर्न पुग्ने रकम प्रस्ताव गरी बाँकी बजेट मात्र नयाँ आयोजना प्रस्ताव गर्न सकिने व्यवस्था गरिएको छ। सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउन चालु खर्च कटौती गर्दै मात्र बजेट विनियोजन गरिने मन्त्रालयले स्पष्ट पारेको छ। सफ्टवेयर खरिद तथा परामर्श सेवामा मात्र नभई फर्निचर, फिक्सचर तथा सजावट शीर्षकमा समेत अनावश्यक खर्च कटौती गर्ने नीति मार्गदर्शनमा समावेश गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ईदका अवसरमा चैत ७ ,शनिवार सार्वजनिक बिदा
    १४ घण्टा अघि

  • २

    सामाजिक उत्तरदायित्व अन्तर्गत हब इन्टरनेशनल एजुकेसनको रक्तदान कार्यक्रम आयोजना हुने
    २0 घण्टा अघि

  • ३

    शपथअघि आवश्यक कागजात ल्याउन सांसदलाई निर्देशन,मातृभाषामा शपथका लागि विशेष व्यवस्था
    २0 घण्टा अघि

  • ४

    महानगर र प्रसुति तथा स्त्री रोग अस्पतालमाबीच फोहर व्यवस्थापन सम्झौता
    २१ घण्टा अघि

  • ५

    शहरी विकास मन्त्रालय वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी, अर्बौँ रुपैयाँ फ्रिज
    १ दिन अघि

  • ६

    कर छलीविरुद्ध नेपाल अन्तर्राष्ट्रिय मञ्चमा आबद्ध
    १ दिन अघि

  • ७

    कांग्रेसमा संकट गहिरिँदै, सभापति पदबाट थापा बाहिरिए
    १ दिन अघि

  • ८

    नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड काम नगरी ब्याजमै चलेको कम्पनी, उद्देश्य कागजमै सीमित
    २ दिन अघि

  • ९

    बैंकिङ कसुरमा प्रभु बैंकका विभाग प्रमुख पक्राउ
    २ दिन अघि

  • १०

    उपत्यकामा ४३ हजारभन्दा बढी ग्याँस सिलिण्डर वितरण
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!

    नेपाल नक्सा
    २

    सरकारी डाटा भण्डारणको सुरक्षामा प्रश्न

    नेपाल नक्सा
    ३

    चैतमा केही वाणिज्य बैंकहरूको ब्याजदर घटाए

    नेपाल नक्सा
    ४

    राष्ट्रिय गौरवको ढिला गाडी: कर्णाली करिडोर,आयोजना समयमै होइन, लागत बढाउँदै

    नेपाल नक्सा
    ५

    नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण

    नेपाल नक्सा
    ६

    बोटल तथा जारमा बिक्री वितरण हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution