
काठमाडौं — मेटलाइफ नेपालले यस महिना आफ्नो २४औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ। कार्यक्रममार्फत कम्पनीले देशभरका लाखौँ नेपालीको वित्तीय तथा स्वास्थ्य सुरक्षाप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता पुनः स्पष्ट गरेको छ। वार्षिकोत्सव समारोहमा मेटलाइफ नेपालका कर्मचारी तथा उनीहरूका परिवार, साथै क्षेत्रीय तथा स्थानीय नेतृत्वको उल्लेखनीय सहभागिता रहेको थियो।
स्थापनाकालदेखि नै मेटलाइफ नेपालले जीवनका विविध उतार–चढावमा नेपाली परिवारको साथ दिँदै आएको जनाएको छ। पछिल्ला वर्षहरूमा कम्पनीले डिजिटल प्रविधि र सरलीकृत प्रक्रियामा उल्लेखनीय लगानी गर्दै ग्राहकको पहुँच र सुविधा विस्तारमा जोड दिएको छ। यसै क्रममा ३६० हेल्थ सेवा र ‘वान बाइ मेटलाइफ’ मोबाइल एपमार्फत स्वास्थ्य व्यवस्थापन सेवा सुरु गर्ने नेपालकै पहिलो बीमा कम्पनी बनेको मेटलाइफ नेपालले जनाएको छ।
मेटलाइफ बंगलादेश, मलेसिया, नेपाल तथा भियतनामकी प्रमुख एलेना बुटारोभाले नेपालसँगै बढ्दै ग्राहकको भविष्यप्रति थप आत्मविश्वास निर्माण गर्ने लक्ष्यमा कम्पनी प्रतिबद्ध रहेको बताइन्। यस वर्ष ‘ग्रेट प्लेस टु वर्क’ मान्यता प्राप्त गरेको अवसरमा मेटलाइफ नेपालले आफ्ना कर्मचारीको योगदानप्रति आभार व्यक्त गर्दै स्वास्थ्य, वित्तीय साक्षरता, शिक्षा, वातावरणीय सचेतना र सामुदायिक उत्थानमा केन्द्रित पहललाई निरन्तरता दिने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे