
काठमाडौं — नेपाल बैंकर्स संघ (NBA) का नवनिर्वाचित कार्यसमिति सदस्यहरूले संघका अध्यक्ष सन्तोष कोइरालाको नेतृत्वमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरेका छन्।
भेटघाटका क्रममा गभर्नर अधिकारीले संघको नयाँ कार्यसमितिलाई बधाई दिँदै कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए। उनले बैंकिङ क्षेत्रको प्रतिनिधित्वमा संघको भूमिकाको प्रशंसा गर्दै नेपालको वित्तीय प्रणालीलाई सुदृढ बनाउन संघको सक्रियता आवश्यक रहेको बताएका छन्।
संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकिङ उद्योगप्रतिको मार्गदर्शन र सहयोगका लागि राष्ट्र बैंकलाई धन्यवाद व्यक्त गरे। साथै, उनले आगामी दिनमा बैंकिङ क्षेत्रलाई थप सबल बनाउन राष्ट्र बैंकसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
भेटघाटले बैंकिङ क्षेत्रको प्रवर्द्धन र सुधारका लागि नेपाल बैंकर्स संघ र राष्ट्र बैंकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे