
काठमाडौँ , ६ फागुन । आज सङ्घीय संसद्का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ। प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभा बैठक दिउँसो १स्१५ बजे सुरु हुनेछ।
प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९र०८० को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। साथै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक, २०८० को छलफलका लागि प्रस्ताव पेश गर्नेछन्। मन्त्री भण्डारीले विद्युतीय व्यापार ९इ–कमर्स० विधेयक, २०८१ पारित गर्न प्रस्ताव पनि गर्नेछन्।
राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०–८१ को ६५ औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे