
काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डसहित सत्तारूढ र विपक्षी दलका नेताबीच बालुवाटारमा आकस्मिक भेटवार्ता भएको हो ।
सहकारीको रकम हिनामिनाबारे छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि पहिलो पटक तीन नेताबिच एकै पटक भेटवार्ता भएको हो ।
उनीहरुबीच छलफलमा सरकारले ल्याएको बजेटसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे