
काठमाडौँ, २२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन्।
पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक बस्नुअघि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। लामिछाने र प्रचण्डबीच एक घण्टा छलफल भएको हो। भेटमा के के विषयमा कुराकानी भयो भन्ने जानकारी दिइएको छैन।
गृहमन्त्रालय नदिए सरकार छाड्ने धम्कि दिदै सरकारलाई दिइएको दुई दिनको समयसिमा हिजो सकिएको छ । हिजो राति बसेको रास्वपाको बैठकले कुनै पनि निर्णय नगरेपछि बैठक आजको लागी सारिएको छ ।
सर्वोच्चले लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएसँगै गृहमन्त्रि पदबाट राजिनामा दिनु परेको थियो ।
उनले दुईदिनभित्रै अर्को नागरिकता लिएपछि पुनः गृहमा दावी गर्दै आइरहेका छन् ।
यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने रास्वपाको भागमा परेको गृह मन्त्रालय दिनु पर्नै बताउदै आएका छन् । माओवादी भने गृह आफुसँगै राख्ने दाउँपेचमा छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे