
काठमाडौं, ५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको साइडलाइनमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटवार्ता अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बिहीबार भएको थियो । “भेटमा नेपाल र विश्व स्वास्थ्य संगठनबीचमा हुँदै आएका आपसी सहयोगका विविध क्षेत्रबारे छलफल हुनुका साथै जनस्वास्थ्यका विभिन्न विषयमा अझ प्रभावकारी सहकार्य गर्ने समझदारी बनेको छ,” प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे