
काठमाडौँ, जेठ २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन् । भेटघाटमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबिच नेपाल–भारतबिच सदियौंदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयका साथै दुई देशबिचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको थियो ।
भारतमा हालै सम्पन्न आमनिर्वाचनपछि नरेन्द्र दामोदरदास मोदी तेश्रोपटक प्रधानमन्त्री बनेका छन् । मोदीको सपथ ग्रहण समारोहमा सहभागी भाग लिन प्रधानमन्त्रीसहित ,सुपुत्री एवम् स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारीहरु पनिसहभागी भएका थिए ।
आइतबार बेलुका भएको भेटमा नेपाल–भारतबीच रहेको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा नेपाल र भारतकाबीचमा विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनको विषयमा समेत विचार विमर्श भएको थियो ।
भारतमा तेश्रोपटक प्रधानमन्त्री बनेका मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका प्रधानमन्त्री दाहालले भेटमा समकक्षी मोदीलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री आज साँझ स्वदेश फर्किँदै छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे