
काठमाडौं । मिलेयिम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबल गर्ने सत्ता गठबन्धनको सहमतिप्रत नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अपत्ति जनाएका छन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनबीच एमसीसी आजै संसदमा टेबल गर्ने सहमति भएको थियो । उक्त सहमतिलाई आफूहरुले स्वीकार नगर्ने उनले बताए । यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न नहुने नेता खनालको तर्क छ ।
एमसीसी टेबल गरेर राष्ट्र र जनतामाथि घात गर्न नुहने उनले बताए । एमसीसी संसदमा टेबुल हुनै नसक्ने जिकिर पनि नेता खनालले गरे । उनले भने, ‘एमसीसी संसदमा पेश गर्नु भनेको राष्ट्र र जनतामाथि घात गर्नु हो, यो संसदमा कसरी टेबल हुन्छ ? संसद चलेकै छैन, यो टेबल हुन सक्दैन । टेबल गर्नुपर्छ भन्ने हाम्रो पार्टीको निर्णय पनि छैन ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे