
काठमाडौं । माछापुच्छ्रे क्यापिटलद्वारा प्रवर्द्धित सामूहिक लगानी कोष योजना ‘एमबीएल इक्विटी फन्ड’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएको छ।
१० रुपैयाँ अंकित दरमा रहेका १२ करोड १६ लाख २५ हजार ३३० इकाइ नेप्सेमा सूचीकृत भएसँगै आजदेखि यसको औपचारिक कारोबार सुरु भएको नेप्सेले जानकारी दिएको छ।
सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया सम्पन्न भएपछि सूचीकरणमा आएको उक्त फन्डले साना तथा मध्यम लगानीकर्ताका लागि आकर्षक अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। नेप्सेमा सूचीकृत भएसँगै अब लगानीकर्ताहरूले खुला बजारमा इकाइहरूको खरिद–बिक्री गर्न सक्नेछन्।
माछापुच्छ्रे क्यापिटलले सञ्चालनमा ल्याएको यो लगानी कोष योजनाले दीर्घकालीन प्रतिफल दिने लक्ष्य राखेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे