
काठमाडौँ, पुस १ । मनकामना केबलकार पुस १ र २ गते मर्मत सम्भारका लागि बन्द रहने भएको छ। मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जल सेरचानका अनुसार टाबरको मर्मतका कारण केबलकार बन्द गरिने हो, जबकि वटम स्टेशनको रेस्टुरेन्ट यथावत सञ्चालनमा रहनेछ।
२०५५ सालदेखि सञ्चालनमा आएको केबलकारको २६ वर्ष पुरानो प्रविधि सुधार गर्नका लागि मर्मत कार्य आवश्यक भएको बताइएको छ। मनकामना दर्शन प्रालिले यस असुविधाप्रति क्षमायाचन गर्दै ३ गतेदेखि पुनः केबलकार सञ्चालनमा आउने जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे