
पोखरा। क्याबिनेट श्रेष्ठ नेतृत्वको अग्नि समूह ले पोखरामा विद्युतीय सवारीको नयाँ मोडेल सार्वजनिक गरेको छ। कम्पनीले महिन्द्राका नवीनतम विद्युतीय सवारी साधन बजारमा ल्याउँदै उपभोक्तालाई प्रत्यक्ष अवलोकन तथा अनुभव गर्ने अवसर उपलब्ध गराएको जनाएको छ।
पोखरास्थित प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रममा उपस्थित दर्शकको उत्साहजनक सहभागिता देखिएको थियो। नयाँ प्रविधि र आधुनिक डिजाइनयुक्त सवारीप्रति उपभोक्ताको चासो उल्लेखनीय रहेको आयोजकले जनाएको छ।
कम्पनीका अनुसार विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै पोखरामा पनि सेवा विस्तार गरिएको हो। इच्छुक ग्राहकले अब सोही प्रदर्शनी केन्द्रमा गई सवारीको प्रत्यक्ष अनुभव लिन सक्ने व्यवस्था मिलाइएको छ।
अग्नि समूहले स्वच्छ ऊर्जा प्रवर्द्धन तथा दिगो यातायात प्रणाली विकासमा योगदान पुर्याउने उद्देश्यसहित यस्ता सवारी साधन बजारमा ल्याएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे