
काठमाडौं । महालक्ष्मी विकास बैंकले पुस २१ गते २४औं वार्षिक साधारणसभा (एजिएम) आयोजना गर्ने भएको छ। साधारणसभाको मिति मंसिर २४ मा बसेको सञ्चालक समिति बैठकले टुंगो लगाएको बैंकले जनाएको छ।
आगामी साधारणसभाले हाल कायम चुक्ता पुँजीमा ५.३७ प्रतिशत नगद लाभांश (करसहित) र ५ प्रतिशत बोनस सेयर गरी कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत छलफल गरी अनुमोदन गर्ने एजेन्डा तय भएको छ।
त्यसैगरी, बैंकको संस्थापक तथा सर्वसाधारण समूहबाट तीन–तीन गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने, कर्पोरेट भवन निर्माणका लागि जग्गा वा भवन खरिद गर्ने तथा प्रबन्धपत्र–नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारणसभामा प्रस्तुत गरिनेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ७ गते बुक क्लोज मिति निर्धारण गरेको छ। सो दिनसम्म सेयरधनी दर्ता भएका सेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे