
हेटौँडा , वैशाख २५ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७, गैरीगाउँमा गत शुक्रबार माछा बोकेको बोलेरो गाडी ९ना ४ च ४८३३० दलदलमा भासिएर बेपत्ता भएको छ। गाडी हराएको छैटौँ दिनसम्म पनि फेला नपरेपछि अध्ययन गर्न पुगेको भूगर्भविद् टोली सुरक्षाको कारण देखाउँदै केही नतिजा ननिकाली फर्किएको छ। भूगर्भविद् नारायण अधिकारीले घटनास्थलमा चुम्बकीय शक्ति भएको संकेत देखिएको र थप वैज्ञानिक अध्ययन आवश्यक रहेको बताए। टोलीले मङ्गलबार १० घण्टा प्रारम्भिक अध्ययन गरेको थियो। भूगर्भविद् अधिकारीसहितको टोलीले मङ्गलबार बिहानबाट अध्ययन थालेको थियो ।
टोलीले चुम्बकीय वस्तु पत्ता लगाउन म्याग्नेटोमिटर प्रयोग अध्ययन गरेको थियो । भूगर्भविद् अधिकारीका अनुसार जमिनमुनि ठूलो र बलियो चुम्बकीय वस्तु रहेको अनुमान गरे पनि कति गहिराइमा छ भन्ने पत्ता लागेको छैन । गाडी भासिएको स्थानमा माछा पालनका लागि खनिएको बोरिङ र पानीको मूलको प्रभावले जमिन कमजोर बनेको अनुमान गरिएको छ। चालक र सहचालक भने समयमै निस्किएकाले सुरक्षित छन्। गाडी भासिएको स्थलमा दह बनेको छ र खोजी कार्यलाई थप अध्ययनमार्फत अघि बढाइने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे