
काठमाडौँ, कात्तिक २१| रुपन्देहीको देवदह नगरपालिमा एक घरमा सोमबार दम्पति मृत्त अवस्थामा फेला परेका छन्।घरको ढोकाभित्रबाट चुक्कुल लगाएको अवस्थामा श्रीमान्-श्रीमती ३६ वर्षका बोलिन्द्र जोल्मी मगर र ३२ वर्षीया हेमकला जोल्मी मगर मृत्त फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीका अनुसार श्रीमतीको शव भुइमा तन्नाले बेरेको र श्रीमान्को पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे