
काठमाडौँ । मेडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनामाथि निरन्तर विरोध प्रदर्शन र हत्या प्रयास भएको दाबी गरेका छन्। उनले फेसबुकमार्फत राष्ट्रलाई सम्बोधन गर्दै केही सैनिक र राजनीतिज्ञहरूले आफूलाई मार्ने योजना बनाएको बताए। ५१ वर्षीय राजोएलिनाले आफ्नो स्थान भने खुलाएका छैनन्, तर रिपोर्टअनुसार उनी फ्रान्सेली सैन्य विमानमार्फत देश छोडेका हुनसक्ने भनिएको छ।
उनले सोमबार राति फेसबुकमार्फत देशवासीलाई सम्बोधन गर्दै आफ्नो ज्यानको सुरक्षाका कारण सुरक्षित स्थानमा जानुपरेको बताएका रोयटर्सले जनाएको छ। उनले आफ्नो ठेगाना भने नखुलाएको तर देश नछाड्ने बताएको पनि रोयटर्सले लेखेको छ।
पन्ध्र दिनदेखि देशभर भइरहेको विरोध प्रदर्शनमा विशेषगरी ‘जेन जेड माडा’ भनिने युवाहरू अग्रणी छन्। उनीहरू राजोएलिनालाई सत्ताबाट हटाउन सडकमा उत्रिएका हुन्। आन्दोलन शान्त पार्न उनले सरकार बर्खास्त गरे र केही सुविधा दिए तर असफल भए।
गत बुधबारदेखि उनी सार्वजनिक रूपमा देखिएका छैनन्। अहिले सेनाका केही भागले खुलेरै उनलाई कमजोर पार्ने प्रयास गरिरहेका छन्। विपक्षी दलले महाभियोगमार्फत पदबाट हटाउने तयारी गरेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे