
काठमाडौँ, १८ फागुन । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय दिने भएको छ ।
सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो ।
गत सोमबार मन्त्रिपरिषदबाट निर्णय भएको प्रस्ताव अनुसार खाजा खाने समय आधा घण्टा निर्धारण गरिउको हो । ‘खाजा समय– दिउँसो १ः३० देखि २ बजेसम्म, मन्त्रिपरिषदको निर्णयमा भनिएको छ ।’
यो निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुनेछ ।
सामान्यतय अधिकाश सरकारी कर्मचारीले खाजा खाने समयमा आधा घण्टादेखी १ घण्टासम्म ब्यतित गर्नै गरेका छन् । त्यस्तो हुँदा सेवाग्राहीहरु लामो समयसम्म पर्खिराख्नु पर्नै र आफनो ब्यक्तिगत कामहरुमा समेत बाधा पुग्ने गरेको छ ।
सरकारी कर्मचारीहरुले आफनो काम कर्तब्य समयमा र नियमित नगरेको आरोप प्रायजसो कार्यालयहरुबाट सेवाग्राहीहरुले गुनासो गर्नै गरेका छन् । तर त्यसलाई भने कर्मचारीले वास्ता गर्ने गरेका छैनन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे