
काठमाडौं , १५ पुस । आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एक हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९ सय रूपैयाँमा कारोबार भएको थियो । आज तोलामा ५ सय रूपैयाँले बढेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ३९५ सयमा कारोबार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे