
काठमाडौँ, मङ्सिर २९ । नेपाल कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद दिवसको अवसरमा ६,१४५ मिटर उचाईको लोबुचे हिमाल आरोहण गरेका छन्। मङ्सिर २८ गते शुक्रबार बिहान पौने ७ बजे पाँच जना युवासँग मिलेर उनले हिमाल सफलतापूर्वक चढेका छन्।
उनका अनुसार, हिमाल आरोहणको उद्देश्य जलवायु परिवर्तनले नेपालका हिमाली क्षेत्रहरूमा पारेको असरलाई अध्ययन गर्दै, सरकार र विश्वको ध्यानाकर्षण गराउनु थियो। यसले पर्वतारोहणमा महत्त्वपूर्ण भूमिका खेल्ने शेर्पा समुदाय र हिमाली श्रमीकहरूको असुरक्षित जीवनलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नुपर्ने आवश्यकता पनि उठायो। उनले जलवायु परिवर्तनको प्रभावलाई विश्वभर फैलाउन यो अभियान सञ्चालन गरेको बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे