
काठमाडौं। आ.ब २०७९/८० नेपालका १४ जीवन बिमा कम्पनीहरूले जारी गरेका ९६,९३८ बिमालेख आ.ब २०८०/८१ ,१७.५८ प्रतिशतले वृद्धि भई १,१३,९७६ बिमालेख पुगेको छ। समर्पण मूल्य पनि आ.ब २०७९/८० रु. १३ अर्ब ३४ करोड ३४ लाखबाट ८.६८ प्रतिशत वृद्धि भई रु. १४ अर्ब ५० करोड १३ लाख पुगेको देखिएको छ।
यसरी बिमालेखको समर्पण दरमा वृद्धि हुनु सकारात्मक संकेत भए पनि, व्यतीत बिमालेख भने घटेको छ। आ.ब २०७९/८० ,१२ लाख ५ हजार ७४ व्यतीत बिमालेख भएकोमा यो वर्ष ३.८८ प्रतिशतले कम भई ११ लाख ५८ हजार २९९ पुगेको छ। तर, रकमको हिसाबले गत वर्षको रु. ३३ अर्ब ९५ करोड १ लाखबाट आ.ब २०८०/८१ ०.२६ प्रतिशत वृद्धि भई रु. ३४ अर्ब ३ करोड ७१ लाख पुगेको छ।
समर्पण दरको वृद्धि र व्यतीत बिमालेखको कमीबीचको अन्तरले बिमा बजारमा नयाँ ग्राहकको आकर्षण, योजना नवीनीकरण र दाबी व्यवस्थापनको प्रभाव स्पष्ट पार्दछ। प्राधिकरणले समर्पण दर बढ्नुका कारणहरू पहिचान गरी ग्राहक पहुँच, बीमितहरूको सचेतना र सेवा गुणस्तर सुधारमा ध्यान दिनुपर्ने देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे