• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ३, बिहिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उच्च अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

९ घण्टा अघि
२

झापाका दुई स्वास्थ्य केन्द्रलाई कामना सेवा विकास बैंकको सहयोग

९ घण्टा अघि
३

उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

११ घण्टा अघि
४

महासचिवमा शंकर पोखरेल, सचिव पदमा ओली प्यानल विजयी,ईश्वर पोखरेल प्यानलका दुईजना मात्र पदाधिकारी विजयी

१२ घण्टा अघि
५

ओलीको तेस्रो कार्यकाल: एमाले अध्यक्षमा १६६३ मतसहित पुनः निर्वाचित

१३ घण्टा अघि
६

नेपाल टेलिकमको सहप्रवक्ता पदमा प्रक्षेप थापा क्षेत्री नियुक्त

१३ घण्टा अघि
७

लामिछाने र जोशीको मुद्दामा सुनुवाइ हुँदै

१३ घण्टा अघि
८

सिंहदरबारमा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङको बयान जारी

१४ घण्टा अघि
९

नेपाल–अमेरिका एलुम्नी नेटवर्कद्वारा उद्यमी मेलाको सफल आयोजना

१४ घण्टा अघि
१०

एमाले अध्यक्षमा ओलीको स्पष्ट अग्रता, मतगणना जारी

१४ घण्टा अघि
११

एमाले ११औँ महाधिवेशन: जारी मतगणनाको प्रारम्भिक परिणाम(मत संख्या (जम्मा खसेको मत संख्या २२२७ मध्ये गणना संख्या– ११३९)

१४ घण्टा अघि
१२

डिजिटल स्वास्थ्य र औषधि आपूर्तिमा नेपाल–भारत साझेदारी

१५ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
१२

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
प्रकाशित मिति: २०८० मंसिर ७, बिहिबार (२ साल अघि)

लम्बोदर न्याैपानेलाई १२ करोड ४४ लाख गैरकानुनी सम्पति आर्जनकाे मुद्दामा मात्र २५ लाखकाे धरौटी

  • 1,008 Views
  • काठमाडौँ, ७ मंसिर । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज हत्याउन सकृय तत्कालिन कलेजका कार्यकारी अध्यक्ष लम्बाेदर न्याैपाने विरूद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा विशेष अदालतले २५ लाख रुपैयाँ धरौटी लिएर थुनामा जान नपर्ने आदेश गरेको छ ।

    न्यायाधीशहरू यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले १२ करोड ४४ लाख रुपैयाँ गैर कानुनी रुपमा आर्जन गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेका न्याैपानेमाथि मात्र २५ लाख रूपैयाँ धरौटी बुझाएर थुना बाहिरै बसेर मुद्दा लड्न पाउने आदेश गरेको हो ।

    विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले न्यौपानेले सोमबार नै २५ लाख रुपैयाँ नगद बुझाएको जानकारी दिए । ‘उपस्थित हुने निवेदनमा धरौटीको आदेश भएको हो’ उनले भने ।

    लम्बोदरविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७८ माघ २७ मा विशेष अदालतमा नेपाल इन्जिनियरिङ कलेजकाे कराेडाैं रकम हिनामिना गरी सम्पत्ति सुद्धिकरण गरेकाे भन्दै मुद्दा दर्ता गरेको थियो । उनीसहित तत्कालिन सञ्चालक सदस्यहरू विरूद्ध विभागले दर्ता गरेकाे मुद्दाकाे अहिलेसम्म पेशी चढेकाे छैन ।

    सम्पत्ति शुद्धीकरण विभागले गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदरसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । विभागले न्यौपानेसहित कलेजका तत्कालीन सञ्चालक समिति सदस्यहरू रामरत्न उपाध्याय, उपेन्द्र गौतम, लबराज भट्टराई, हरिप्रसाद पाण्डे, प्रेमकुमारी केसी, इल्या दीक्षित भट्टराई, उषा न्यौपाने, इन्दिरा उपाध्यायविरुद्ध मुद्दा दर्ता गरेको थियाे ।

    विभागले लम्बोदर विरुद्ध १२ करोड ४४ लाख रुपैया, रामरत्न उपाध्याय विरुद्ध १ करोड २५ लाख, उपेन्द्र गौतम विरुद्ध २ करोड २९ लाख, लवराज भट्टराई विरुद्ध १ करोड ७९ लाख, स्वर्गीय सुर्यबहादुर केसी विरुद्ध २ करोड ३४ लाख, हरिप्रसाद पाण्डे विरुद्ध २ करोड ४३ लाख तथा स्वर्गीय दीपक प्रसाद भट्टराईलाई समेत ३६ लाख ५९ हजार रुपैंया विगो कायम गर्दै विशेष सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दायर गरेको थियो ।

    न्यौपाने, रामरत्न उपाध्याय तथा स्वर्गीय सुर्यबहादुर केसीका श्रीमतिहरुलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरिएको छ । भने, मृत्यु भइसकेका दीपकप्रसाद भट्टराई र सुर्यबहादुर केसीवाहेक अन्य आरोपितलाई सम्पत्ति सुद्धिकरण निवारण ऐन २०६४ को दफा ३ बमोजिम दफा ३० बमोजिम विगोको २ गुणा तथा २ देखि १० वर्ष कैद सजायको माग दावी गरेको छ ।

    सामाजिक शैक्षिक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा २०७० सालदेखि २०७४ सालसम्म कार्यकारी अध्यक्ष हुँदा लम्बोदर न्यौपानेले कलेजको करोडौं रकम हिनामिना गर्दै कलेज हत्याउने सड्यन्त्र गरेको आरोप छ ।

    प्रकरणमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस दिएको पुष्टि भएपछि पाठक र न्यौपाने विरुद्ध आयोगले भ्रष्टाचार गरेको अभियोगमा दायर गरेको मुद्दामा विशेषले पूर्वआयुक्त पाठकलाई ३ वर्ष ३ महिना तथा न्यौपानेलाई ३ वर्ष कैद सजाय र जनही ३९ लाख जरिवाना फैसला भएको छ । उक्त फैसला प्रति असहमति जनाउँदै अख्तियार सर्वोच्च अदालत गएको छ ।

    नेपाल इन्जिनियरिङ कलेज गैरनाफामूलक सामाजिक संस्थाका रुपमा स्थापना गरिएपनि न्यौपानेले २०७४ सालमा कम्पनी रजिष्ट्रार कार्यालयमा नेपाल इन्जिनियरिङ कलेज प्रा.लि. नामक एकल संस्था दर्ता गरी २०५१ सालदेखि सञ्चालनमा आएको कलेज हत्याउने सड्यन्त्र गरेका थिए ।

    सामाजिक संस्था निजीकरण गर्ने न्यौपानेको सड्यन्त्र थाहा पाएपछि कलेजका सञ्चालक सदस्यद्वय हरिप्रसाद पाण्डे र दीपक भट्टराईले सोको विरुद्ध कानुनी लडाईं लडेका थिए । कलेज निजी होकि, सामाजिक भन्ने विवाद उत्पन्न भएपछि संसदको शिक्षा तथा स्वास्थ्य समिति मार्फत संसदीय छानबिन समिति समेत बनेको थियो । उक्त समितिले समेत नेपाल इन्जिनियरिङ कलेज सामाजिक शैक्षिक संस्था भएको निष्कर्ष निकाल्दै कलेजमा लम्बोदर न्यौपाने सहितको टीमले करोडौं रुपैंया अपचलन गरेको ठहर गरेकाे थियाे ।

    न्यौपानेले सम्पत्ति सुद्धिकरणले तयार पारेको अनुसन्धान कार्यान्वयन नगराउन ठूलै दौडधुप गरेका थिए । विभागले विशेष सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पठाएर मुद्दा दायर गर्न लागेको सुईंको पाउने वित्तिकै उनले राजनीतिक शक्ति केन्द्र कहाँ दौडधुप गरेका थिए । नेपाल इन्जिनियरिङ कलेज प्रा.लि. पुर्नस्थापित सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधिन छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    उच्च अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश
    ९ घण्टा अघि

  • २

    झापाका दुई स्वास्थ्य केन्द्रलाई कामना सेवा विकास बैंकको सहयोग
    ९ घण्टा अघि

  • ३

    उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी
    ११ घण्टा अघि

  • ४

    महासचिवमा शंकर पोखरेल, सचिव पदमा ओली प्यानल विजयी,ईश्वर पोखरेल प्यानलका दुईजना मात्र पदाधिकारी विजयी
    १२ घण्टा अघि

  • ५

    ओलीको तेस्रो कार्यकाल: एमाले अध्यक्षमा १६६३ मतसहित पुनः निर्वाचित
    १३ घण्टा अघि

  • ६

    नेपाल टेलिकमको सहप्रवक्ता पदमा प्रक्षेप थापा क्षेत्री नियुक्त
    १३ घण्टा अघि

  • ७

    लामिछाने र जोशीको मुद्दामा सुनुवाइ हुँदै
    १३ घण्टा अघि

  • ८

    सिंहदरबारमा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङको बयान जारी
    १४ घण्टा अघि

  • ९

    नेपाल–अमेरिका एलुम्नी नेटवर्कद्वारा उद्यमी मेलाको सफल आयोजना
    १४ घण्टा अघि

  • १०

    एमाले अध्यक्षमा ओलीको स्पष्ट अग्रता, मतगणना जारी
    १४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

    नेपाल नक्सा
    २

    जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने

    नेपाल नक्सा
    ३

    आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो

    नेपाल नक्सा
    ४

    सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख

    नेपाल नक्सा
    ५

    मुद्रण विभागले यातायात विभागलाई ५६५ नयाँ लाइसेन्स हस्तान्तरण

    नेपाल नक्सा
    ६

    धुर्मुस भन्छन् :एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड दुई वर्षअघि नै लिएको हो ,छोरीको उपचारका लागि अमेरिका आएको

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution