
काठमाडौँ, २२ असार । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा सुनुवाइ हुँदैछ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमले आफुलाई रिहा गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए ।
सुनुवाईका लागि उक्त रिट निवेदन न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा पेसी तोकिएको छ । उक्त रिट निवेदन मंगलबार न्यायाधीशद्वय डा. भट्टराई र फुयालकै संयुक्त इजलासमा परेको थियो । तर त्यस दिन ‘हेर्न नभ्याइने’ भन्दै अर्को दिनलाई सारिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे