
काठमाडौँ , २४ पुस । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला अदालतमा उपस्थित भएकी छन् । मोरङको धनपालथान(३ स्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समितिकी सभापति पोखरेलीकी श्रीमती कोइराला बुधबार जिल्ला अदालतमा उपस्थित भएकी छिन् ।
विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका रहेकी कोइरालाविरुद्ध गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहितका प्रतिवादीहरू विरुद्ध मुद्दा दायर गरेको थियो । । मुद्दा दायरपछि कोइराला फरार थिइन्।
कोइराला बुधबार कार्यालय समय हुनासाथ अदालतमा उपस्थित भएकी हुन् ।कोइरालाको बयानपछि थुनछेक बहस हुनेछ । त्यसपछि उनलाई धरौटीमा तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा कारागार पठाउने भन्ने आदेश आउने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे