
काठमाडौँ , २२ चैत ।कोशी गाउँपालिका-७ मुसहरी टोल निवासी सात वर्षीया ईशु सदा अपहरणमा परेको २४ घण्टामा सकुशल उद्धार गरिएको छ। चैत २० गते दिउँसो १:४० बजे घर अगाडि खेलिरहेको बेला उनलाई अपरिचित व्यक्तिले सिटी सफारीमा राखी अपहरण गरेका थिए।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाको नेतृत्वमा विशेष टोली परिचालन गरिएको थियो। साथै, प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रदेश अनुसन्धान टोली पनि खटाइएको थियो।
प्रहरीको तीव्र खोजीपछि बालिकालाई बिहीबार सुनसरी जिल्लाको कोशी गाउँपालिका-८ स्थित कोशी ब्यारेजको २६ नं. ढोकाको पुलमाथिबाट सकुशल उद्धार गरिएको हो। यस घटनामा संलग्न सप्तरी जिल्ला कन्चनरुप नगरपालिका-१२ धरमपुर निवासी जितेन्द्र साह (हलुवाई) पक्राउ परेका छन्। उनलाई अहिले प्रहरीको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे