
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत्, र छठ पर्वको अवसरमा स्वदेशमा उत्पादित फूलको विक्री र वितरणलाई व्यवस्थित गर्न ४६ स्थानमा व्यवस्था मिलाएको छ। प्लास्टिकजन्य फूल र सजावटका सामग्रीको विक्रीमा रोक लगाइएर स्वदेशी फूलको व्यापारलाई प्रवर्धन गर्ने निर्णय गरिएको हो।
गत वर्षको अनुभवलाई ध्यानमा राख्दै, महानगरपालिकाले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ, र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्रीका लागि स्थान सुनिश्चित गरेको थियो। यस वर्षका लागि फूल विक्रेता किसानहरूलाई सहज बनाउने उद्देश्यले मल, मार्ट, पार्क, पार्टी प्यालेस, र अन्य केन्द्रहरूमा विक्री स्थलको व्यवस्था गरिएको छ।
निर्धारित विक्री स्थानहरूमा निम्नलिखित समावेश छन्:
• आरती पार्टी प्यालेस, माछा पोखरी
• बुद्ध मल, माछा पोखरी
• बालाजु भाटभटेनी, माछा पोखरी
• भ्याली कोल्ड स्टोर, बालाजु
• सामुदायिक भवन, बालाजु
• धर्म चक्र पार्क, स्वयम्भू
• स्वयम्भू मार्ट
• भाटभटेनी, कलंकी
• कलंकी ट्रेड सेन्टर, कलंकी
• एस. एन. एस., कलंकी
• एन. बि. टि. सि., कलंकी
• नेपा व्याङ्क्वेट, खुशिँवु
• बिग मार्ट, कालधारा, पकनाजोल
• साल्ट ट्रेडिङ कर्पोरेसन, कालीमाटी
• काठमाडौँ मल, सुन्धारा
• सिभिल मल, सुन्धारा
• सिटी सेन्टर, सुन्धारा
• रञ्जना मल, नयाँ सडक
• बिग मार्ट कम्प्लेक्स, अनामनगर
• एटि कम्प्लेक्स, न्यू प्लाजा
• भाटभटेनी, अनामनगर
• आइटी प्लाजा, कमलादी
• संकटा चोक, टेवहाल
• के. एल. टावर, चाबहिल
• वि एन्ड एसएम, बौद्ध
• भर्गो जापान, शंखमुल
• आइप्लेक्स, बानेश्वर
• एनबि सेन्टर, नयाँ बानेश्वर
• फोनिक्स टावर, बत्तीसपुतली
• चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान
• बिगमार्ट, शंखमुल
• बिबिएसएम, कोटेश्वर
• सिफल चौर, सिफल
• केटिएम पार्टी प्यालेस
• निराकल कम्प्लेक्स, शंखमुल
• एसि कम्प्लेक्स, चाबहिल
• भाटभटेनी, कोटेश्वर
• भाटभटेनी, नक्साल
• बिग मार्ग, बालुवाटार
• सेल्स बेरी, महाराजगञ्ज
• भाटभटेनी, महाराजगञ्ज
• कोइराला मार्ट, सामाखुशी
• बिग मार्ट, सामाखुशी
• सिटी सेन्टर, कमलपोखरी
• ल्होत्से मल, बालाजु
• सासा ब्याङकेट, सोह्र खुट्टे
स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्नेछन्। यसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलबाट पनि सहजीकरण गरिनेछ।
जानकारीका लागि, काठमाडौँ महानगरपालिकाको निःशुल्क नम्बर ११८० मा कल गर्न सकिनेछ। वा नगर प्रहरीको हटलाइन नम्बर ०१५९०१७६३, ९८५१३५६५०९ मा कल गरेर थप जानकारी लिन सकिनेछ।
महानगरपालिकाले व्यापारीहरूलाई फूल र अन्य सजावटका सामग्रीको विक्री नगर्न अनुरोध गरेको छ। यदि कसैले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ। सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानलाई प्रोत्साहन गर्न आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे