
कास्की — सहकारी ठगी प्रकरणमा ९० दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता गर्न तयारी अन्तिम चरणमा पुगेको छ। कास्की जिल्ला प्रहरी कार्यालयले पुस १ मा सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको थियो। यसपछि अदालतले लामिछानेलाई थप चार दिन थुनामा राखेर म्याद थप गरेको थियो। आज म्यादको अवधि समाप्त हुँदैछ र ९० दिन भित्र अभियोजन प्रक्रिया पुरा गर्नुपर्ने कानूनी प्रबन्धका कारण रवि लामिछानेविरुद्ध मुद्दा दायर हुने सम्भावना प्रबल भएको छ।
प्रहरी स्रोतका अनुसार, कास्की प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदनमा लामिछानेसहित गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी र अन्य व्यक्तिहरू विरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो माग गरिएको छ। उक्त रकम विभिन्न सहकारी संस्थाहरूको अपचलनमा जोडिएको आरोप छ।
संसदीय छानबिन विशेष समितिले सार्वजनिक गरेको प्रतिवेदनमा पोखराको सूर्यदर्शन सहकारी संस्था, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारी संस्थामा अपचलन भएको उल्लेख गरिएको थियो।
प्रहरीले अब अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको र यसको कानूनी प्रक्रिया सुरु गर्न बाँकी रहेको बुझिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे