
झापा । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत झापा, बिर्तामोडस्थित मेची आँखा अस्पताललाई २ थान वाटर प्यूरिफायर र ४ थान मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण गरेको छ।
बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले अस्पतालका वरिष्ठ प्रशासन अधिकृत प्रशान्त श्रेष्ठलाई उपकरण हस्तान्तरण गर्नुभयो।
अस्पतालमा उपचारका लागि आउने सबै वर्गका बिरामीलाई यस सहयोगले सुविधा दिने बताउँदै वरिष्ठ प्रशासन अधिकृत श्रेष्ठले विशेषगरी आर्थिक रुपमा कमजोर तथा विपन्न वर्गका सेवाग्राहीहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। साथै, यस्तो परोपकारी कार्यक्रम सञ्चालन गरेकोमा उहाँले बैंकलाई धन्यवाद समेत दिनुभयो।
कामना सेवा विकास बैंकले समाजमा योगदान पुग्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे