
कैलाली। कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो लम्की शाखामार्फत लम्की मानव सेवा आश्रम, कैलालीमा आश्रित असहाय, बेसाहारा तथा संरक्षणविहीन वृद्धवृद्धा र टुहुरा बालबालिकालाई न्यानो सामग्री वितरण गरेको छ।
बैंकका लम्की शाखा प्रमुख भिमराज जैसीले आश्रमका सञ्चालक विनोद थापालाई ब्ल्याङ्केट, म्याट्रेस, सिरक तथा चिसो मौसमका लागि आवश्यक अन्य न्यानो सामग्री हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा शाखा प्रमुख जैसीले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमले आश्रममा आश्रित वृद्धवृद्धा तथा बालबालिकालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो।
न्यानो सामग्री सहयोग प्राप्त भएपछि आश्रमका सञ्चालक थापाले जाडोयाममा यस प्रकारको सहयोगले आश्रितहरूको जीवनमा न्यानोपन, सुरक्षा र आत्मबल थपिने बताउँदै बैंकको मानवीय पहलप्रति आभार व्यक्त गर्नुभयो।
वितरण कार्यक्रममा बैंकका कर्मचारी, मानव सेवा आश्रमका प्रतिनिधि तथा स्थानीय समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो। बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूसँगको समन्वय तथा सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे