
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–४, रामकोश स्याब्जामा अवस्थित श्री रामकोश फूलबारी माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनि रहेका विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले शाखा कार्यालय बिरौटाको समन्वयमा उक्त सहयोग कार्यक्रम सञ्चालन गरेको हो ।
बैंकको पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद पोखरेललाई पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएका यस्ता सहयोग कार्यक्रमले विपन्न विद्यार्थीहरूको शैक्षिक यात्रामा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा पोखरा क्षेत्र प्रमुख ढकालले शिक्षा र सामाजिक विकासमा योगदान पुर्याउन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा पनि सरोकारवाला निकायहरूसँगको समन्वयमा यस्ता साक्षरता तथा शैक्षिक सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे