
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल एक्समार्फत उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित यस्तो माग गरेका हुन् ।
मन्त्री किरातीले ‘क्रिस्चियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको थापाको भनाइ छ । सोही कारण मन्त्री किरातीलाई तत्काल पदबाट बर्खास्त गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाएको भन्दै उनलाई कानुनबमोजिम कारबाही गर्न पनि थापाले माग गरेका छन् ।
‘क्रिस्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्नुपर्दछ,’ उनले लेखेका छन्, ‘प्रमको ध्यान जाओस् । पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुनबमोजिम कारबाही गरियोस् ।’
‘कृष्चियन नमान्ने संविधान विरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे