
काठमाडौँ, असार १३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्च्याउने स्थिति सिर्जना भएको बताएकी छिन्। बिहीबार काठमाडौंमा नेपाल साहित्यिक पत्रकार संघको १८ औं स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् ।
उनले भनिन् , ‘आज आएर राजनीति भन्दा किन सबैले नाक खुम्च्याउने विषय बन्दैछ । आखिर राजनीति त देशको मुल नीति हो । यो माउ नीति हो । यो मुल नीति, माउ नीति नसच्चिएसम्म नसुध्रिकन अरु तमाम क्षेत्र सुधार्छु भनेर सम्भव छैन’’ । सञ्चारमन्त्री शर्माले साहित्यिक क्षेत्रबाट पनि राजनीतिक सुधारका लागि आवश्यक काम हुनपर्नेमा र अहिले समाज भ्रष्टीकरणमा गइरहेको पनि बताइन् । उनले सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारीलाई पूरा गर्नु सबै नागरिकको दायित्व रहेको बताइन् ।
उनले भनिन् , ‘‘हिजो जसरी समाज परिवर्तनमा तपाईंहरुले हामीलाई हात समाएर डोर्याउनुभयो । त्यसैगरी आज पनि आवश्यकता छ । अहिले समाज जुन ढंगले स्खलित भएको छ, जसरी भ्रष्टीकरणमा जान खोज्दैछ ,सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारी हाम्रो हो । साहित्य क्षेत्रमा लाग्नुभएका व्यक्तिहरुले पे्ररित गर्नुपर्ने हुन्छ ।’’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे