
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद डा। तोसिमा कार्कीले राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको बताएकी छन् । राज्यले महिलामाथि गरिरहेको विभेद अन्त्यका लागि सत्ता र प्रतिपक्ष नभनी सम्पूर्ण महिला सांसद एकताबद्ध भएर लड्ने बेला आएको बताएका छन् । सांसद डा । कार्कीले सिफारिसको एक नम्बरमा रहेकी डा संगिता कौसललाई स्वास्थ्य मन्त्रालयको सचिव किन नबनाएको भन्दै प्रश्न गरेकी छिन्।
शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले सो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग जवाफ मागेकी छिन्। उनले भनिन्, ‘पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो, कि महिला नेतृत्व स्वीकार नगरेको हो। प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलाई यो संसद्ले जवाफ माग गर्नुपर्छ। म यसको जवाफ गर्छु।
उनले भनिन्, ‘स्वास्थ्य मन्त्रालयमा नयाँ स्वास्थ्य सचिव नियुक्ति भएको छ । सिफारिसको आधारमाम वरिष्ठताको आधारमा एक नम्बरमा रहेकी डा। संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरियो । क्याबिनेटले यस्तो निर्णय किन गर्यो रु’ सांसद कार्कीले संसदीय समितिका सभापतिमध्ये ३३ प्रतिशत महिला सभापति हुनुपर्छ भन्ने नियमावलीमा लेखिएको भए पनि सो व्यवस्था पालना नहुनु विडम्बना भएको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे