काठमान्डौ | आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट भएको छ ।लघुवित्तको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा बिहान ९ बजे सो शेयर बाँडफाँट भएको हो।
आदर्श लघुवित्तले निष्काशन तथा बिक्री खुला गरेको शेयरमा १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन स्वीकृत भएको छ भने १ हजार ८५८ आवेदकको आवेदन रद्द भएको छ।स्वीकृत आवेदनमध्ये ६ हजार २६१ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
बाँकी पाँच कित्ता शेयर १० कित्ताभन्दा धेरै माग गरि आवेदन दिएकामध्ये गोलाप्रथाबाट थप पाँच जनालाई एक/एक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे