
काठमाडौँ, १९ फागुन । मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आईपीओका लागि कुल १४ लाख २४ हजार ३५१ जना आवेदकले आवेदन दिएकामा ७ हजार ५ जनाको आवेदन रद्द भएको हो।
सर्वसाधारण आवेदकहरुले गोलाप्रथामार्फत सेयर हात पारेका छन् । आईपीओमा कुल २ लाख २६ हजार ४६५ जनाको आवेदन परेको छ। जसमध्ये ५ जनाले ११ कित्ता र बाँकी २ लाख २६ हजार ४६० जनाले १० कित्ताका दरले सेयर हात पारेका हुन।
कम्पनीले सर्वसाधारणका लागि फागुन ४ गतेदेखि १० गतेसम्म कुल २२ लाख ६४ हजार ६५५ कित्ता सेयर निष्कासन गरेको थियो । कुल २७ लाख २८ हजार ५०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता पहिले नै निष्कासन गरिसकेको थियो।
सामूहिक लगानी कोष ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता र २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको सेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे