
काठमाडौँ , १८ वैशाख । आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस (मजदुर दिवस) नेपालभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो दिवस विश्वभर मजदुरहरूको अधिकार, सम्मान र योगदानको कदरस्वरूप मनाइन्छ।
नेपालमा समेत विभिन्न मजदुर संघ-संगठनहरूले ¥याली, सभा र जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन्। ट्रेड युनियन, मजदुर संगठनहरू, राजनीतिक दल निकट श्रमिक संघहरूले आज बिहानैदेखि नाराबाजी, ¥याली र सभाको आयोजना गरेका छन्। उनीहरूले न्यून पारिश्रमिक वृद्धि, कामको सुरक्षित वातावरण, सामाजिक सुरक्षाको सुनिश्चितता, श्रमिकको हक अधिकारको संरक्षण लगायत माग उठाएका छन्।
काठमाडौंको भृकुटीमण्डप, माईतिघर र टुँडिखेल क्षेत्रमा मजदुर युनियनहरूले ब्यानर, प्लेकार्डसहित ¥याली निकालेका छन्। विभिन्न ठाउँमा आयोजित सभामा नेताहरूले श्रमिकको अवस्था अझै सुधार गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
यो दिवसले श्रमिकहरूको योगदानको सम्मान गर्नुका साथै उनीहरूको समस्याप्रति ध्यान दिन सबैलाई सम्झाउने उद्देश्य राखेको आयोजकहरूले बताएका छन्। सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे