
राइनास नगरपालिका, गण्डकी प्रदेश, नेपाल— मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत व्याज अनुदानका लागि इच्छुक आवेदकहरूबाट प्रस्ताव आव्हान गरिएको छ।
नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार, कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८१ बमोजिम अधिकतम रु ५ लाखसम्मको ऋणमा ५ प्रतिशत व्याज अनुदान प्रदान गर्ने योजना ल्याएको छ। इच्छुक व्यवसायीहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कार्यालय समयभित्र प्रस्ताव दर्ता गराउनु पर्नेछ।
निर्धारित प्रक्रिया पूरा नगरिएका वा म्याद नाघेका प्रस्तावहरू छनोट प्रक्रियामा समावेश नहुने नगरपालिकाले स्पष्ट पारेको छ।
१. रु १० को टिकट टाँस गरिएको अनुसूची २ अनुसारको आवेदन।
2. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि।
3. राइनास नगरपालिकामा व्यवसाय दर्ता प्रमाणपत्र।
4. नगरपालिकालाई बुझाउनुपर्ने सम्पूर्ण कर तथा शुल्क नियमित रूपमा बुझाएको प्रमाण।
5. बैंक, वित्तीय संस्था वा सहकारीबाट लिएको ऋण किस्ता नतिरी कालो सूचीमा नपरेको सम्बन्धी स्वघोषणा।
6. बैंक, वित्तीय संस्था वा सहकारीबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेको प्रमाण।
7. राइनास नगर क्षेत्रमा स्थायी रूपमा वसोवास गरिरहेको प्रमाण।
8. अद्यावधिक गरिएको PAN/VAT दर्ता तथा कर चुक्ता प्रमाणपत्र।
9. घर वा जग्गा भाडामा लिई व्यवसाय सञ्चालन गरेको भए सोको सम्झौता पत्र।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे